काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । वातावरण विभागका अनुसार आगामी दिनमा प्रदूषण अझै बढ्ने सम्भावना छ ।
आज बिहान ९ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा मापन गरिएको छ । सुर्खेतको प्रदूषण स्तर १७० पीपीएम पुगेको छ ।
त्यसपछि भक्तपुरमा १३२ पीपीएम, दाङको देउखुरीमा १२० पीपीएम, काठमाडौंको शंखपार्कमा १२३ पीपीएम र ललितपुरको खुमलटारमा १०५ पीपीएम रेकर्ड गरिएको विभागले जनाएको छ ।
हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम मात्र रहेकामा आज १२३ पुग्दा प्रदूषण एकैदिनमा तीव्र वृद्धि भएको देखिन्छ ।
विभागका अनुसार अहिले देशभर पानी पार्ने प्रणाली कमजोर रहेको र भारतमा बढेको प्रदूषण नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
विशेषज्ञहरूका अनुसार सुक्खा मौसम, हावा नचल्ने अवस्था, खेतमा आगो लगाउने र वातावरणमैत्री नभएका विकास निर्माणका कारण वायु प्रदूषण बढ्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया