युवायुवती सवार मोटरसाइकललाई मध्यराति कन्टेनर ट्रकको ठक्कर, दुवैको मृत्यु

लोकपथ
1.3k
Shares

काठमाडौं । चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने खैरहनी नगरपालिका–८ चैनपुरमा शनिबार राति १२ बजेतिर भएको यो दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र पछाडि सवार चितवनकै राप्ती नगरपालिका– ५ बस्ने २० वर्षीया विमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मधेस प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनास्थलमा अचेत अवस्थामा भेटिएका उनीहरूलाई उद्धार गरी प्रहरीले पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो ।  उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।, ठक्कर दिने कन्टेनरका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?