मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
शनिबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय रामबहादुर बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको टोलीले घाइते बोहरालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ निवासी ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया