काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
६६ वर्षीय कार्की हाल चितवनको भरतपुर–१५ मा बस्दै आएका थिए । उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार कार्कीले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा ३० वर्षका लागि लिजमा दिँदा संस्थालाई ठूलो नोक्सानी हुने गरी सम्झौता गरेको आशंकामा अनुसन्धान सुरु गरिएको हो ।
कार्कीको संलग्नतामा नेपाल ट्रस्ट र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा नक्सामा उल्लेख भएको क्षेत्रफलभन्दा बढी जग्गा समावेश गरी गैरकानुनी रूपमा सम्झौता गरिएको पाइएको छ ।
२०७४ साल जेठ १४ गते भएको उक्त सम्झौताबाट नेपाल ट्रस्ट र अन्ततः राष्ट्रकै हितमा हानि पुगेको प्रारम्भिक निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया