काठमाडौं । युवा तथा खेलकुद मन्त्री बबलु गुप्ता र युवा नेता किरण केसीले देशभरका युवाको प्रतिभा पहिचान र विकासका लागि संयुक्त पहल सुरु गर्ने तयारी गरेका छन् ।
शनिबार राजधानीमा भएको छलफलमा उनीहरूले कार्यक्रमको ढाँचा, योजनाको चरणबद्ध कार्यान्वयन, युवासम्म पहुँच सुनिश्चित गर्ने तरिका तथा आगामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग तालमेलबारे विस्तृत रूपमा विचारविमर्श गरेका हुन् ।
मन्त्री गुप्ताले यो पहलले देशभरका युवालाई आफ्नो क्षमता पहिचान गर्ने अवसर प्रदान गर्ने र खेलकुद तथा सांस्कृतिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, युवा नेता केसीले युवाको भूमिका र सहभागिता सशक्त बनाउन आवश्यक रणनीति प्रस्तुत गर्दै कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता जनाए ।
दुवै नेताले आगामी राष्ट्रिय खेलकुद प्रतियोगितासँग समन्वय गरेर युवामा उत्साह र अवसर सिर्जना गर्ने साझा लक्ष्यमा सहमति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया