भृकुटीमण्डपमा हिरो मोटरसाइकलको अफर मेला, एक्सचेन्ज गर्दा १ लाखसम्मको छुट

लोकपथ
91
Shares

काठमाडौं । हिरो मोटरसाइकलले भृकुटीमण्डपमा सर्भिस तथा एक्सचेन्ज महामेला आयोजना गर्ने भएको छ । मेला कार्तिक २४ गतेदेखि २९ गतेसम्म चल्नेछ ।

कम्पनीका अनुसार मेलामा आउने ग्राहकले विभिन्न छुट र अफरहरू पाउनेछन् । सर्भिसमा लेबर चार्जमा ५० प्रतिशत, स्पेयर पार्ट्स र ल्युबमा १५ प्रतिशत, र एएमसी सर्भिसमा ३० प्रतिशत छुट दिइनेछ । साथै, निःशुल्क इन्जेक्टर निक्लिदिन, वासिङ र हिरो मर्चेन्टाइज पनि उपलब्ध हुनेछ ।

एक्सचेन्ज अफरअन्तर्गत, पुरानो हिरो मोटरसाइकल साट्दा न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकनसहित १५ हजारदेखि १ लाख रुपैयाँसम्मको बोनस पाइनेछ । अन्य ब्रान्डको मोटरसाइकल साट्दा भने न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकनसहित सोही बोनस लागू हुनेछ ।

नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले ८ हजारदेखि १ लाख रुपैयाँसम्मको छुटका साथै निःशुल्क हेल्मेट, बाइक कभर र ग्लोभ्स पाउनेछन् ।

मेलामा नागरिकता मात्र लिएर पनि सरल फाइनान्स सुविधा लिन सकिने कम्पनीले जनाएको छ । साथै, प्रत्येक दिन लक्की ड्रमार्फत एक जनाले फुलफेस हेल्मेट र मेलाको अन्त्यमा एक जनाले नथिङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?