काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेससँग एमालेको संवाद जारी रहेको बताए । उनले कांग्रेसभित्र अहिले नेतृत्वको अभाव देखिएको उल्लेख गर्दै शेरबहादुर देउवा विदेश गएपछि पार्टीभित्र निर्णय प्रक्रियामै ढिलाइ भएको बताए ।
‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौँ । कांग्रेससँग हाम्रो संवाद भइरहेको छ,‘ओलीले भने, ‘मलाई विश्वास छ कांग्रेस अन्ततः पुनःस्थापनाको पक्षमा पुग्छ । तर अहिले भित्रैभित्रै जटिलता छ । शेरबहादुरजी उता जानुभयो, लिडरसिप क्राइसिस छ ।’
उनले देउवाको अनुपस्थितिमै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिएको दाबी पनि गरे । ओलीले आफ्नो पार्टीको निर्णय प्रक्रिया कांग्रेसभन्दा छिटो र व्यवस्थित हुने दाबी गर्दै भने, ‘हाम्रो पार्टीको महाधिवेशन तीन दिनमै सकिन्छ, केन्द्रीय कमिटी बैठक पनि तीन दिनमै हुन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइन्छ, सबैले दस्ताबेजमा छलफल गर्छन्, सबै सहभागी हुन्छन् ।’
अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावका कारण जटिलता बढ्दै गएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया