काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आगामी मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले सो प्रस्ताव गरेका हुन् । उनले सो मितिबाट विशेष महाधिवेशन गर्न केन्द्रीय समिति बैठकले नै पारित गर्नुपर्ने बताएका हुन् ।
छोटो समय रहेका कारण विशेष महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने उनको धारणा रहेको छ ।
‘चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो, यो सबैका लागि विधानमा व्यवस्था भएको १७ ९२० अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंहको जन्मजयन्तीदेखि सुरू हुने गरी विशेष महाधिवेशन आयोजना गरौँ,’ उनले भने ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गतेबाट जारी रहेको छ । जारी बैठकमा विभिन्न मितिमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्तावहरु आइरहेका छन् । तर केन्द्रीय समिति बैठकले सो विषय पारित गर्न नसक्दा कांग्रेसको महाधिवेशनको विषयलाई लिएर बहसहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया