काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भएका रेशम बहादुर राना रहेका छन् ।
नेपाल प्रहरीको एनसिबि अबुधाबी (युएई) को समन्वयमा युएईबाट पक्राउ परेका रानालाई सम्बन्धित मुद्दामा कारबाहीका लागि शुक्रबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
राना समेत संलग्न कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २०६९ माघ १५ गते जन्मकैद सजाय सुनाएको थियो। फैसला पश्चात् उनी फरार रहेकाले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ जेठ १९ गते उनलाई रेड नोटिस सूचीमा राखेको थियो ।
फरार रानालाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया