काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुने भएको छ । बैठकले पार्टीको आगामी रणनीति तय गर्ने भएको छ ।
पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार, बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया