काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता कार्यकर्तासँग सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेको असंवैधानिक निर्णयप्रति आपत्ति व्यक्त गरे ।
उनले सरकारले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नरहेको उल्लेख गर्दै, राष्ट्रपतिले सो सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेमा ठुलो गल्ती भएको बताए ।
अध्यक्ष ओलीले भने, ‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भंग गरेको हो ? देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरिएको हो । सिफारिस गर्ने हैसियत नै नभएका व्यक्तिहरूले यस्तो सिफारिस गरेका हुन्। संविधानको धारा विपरीत राष्ट्रपतिज्यूले प्रतिनिधि सभा भंग गर्नु भएको छ । त्यस कारण हामीले विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै अघि बढ्ने निर्णय गरेका छौँ ।’
साथै, अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न यूथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया