काठमाडौं । आयन र एक्स्पेङका गाडी नेपालमा बिक्री गर्ने कम्पनी सीजी मोटर्सले काठमाडौंको थापाथलीमा नयाँ आयन–एक्स्पेङ एक्स्पेरिएन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
यो केन्द्र पुरानो सीजी मोटर्स शोरुमबाट करिब २० मिटर भित्र छ । नयाँ केन्द्रमार्फत ग्राहकले आयन र एक्स्पेङका इलेक्ट्रिक गाडीहरू प्रत्यक्ष हेर्न, बुझ्न र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
हाल सेन्टरमा तीन मोडेल आयन वाइ, आयन भी र एक्स्पेङ जी६ प्रदर्शनमा छन् । आयन वाइको मूल्य ५८.५ लाख रुपैयाँ छ । यसमा १०० किलोवाट मोटर र ६१.४ किलोवाट आवर ब्याट्री प्रयोग भएको छ, जसले करिब ५०० किलोमिटर चल्छ ।
आयन भी लक्जरी ६९.९ लाख रुपैयाँमा उपलब्ध छ । यसमा ७५.३ किलोवाट आवर ब्याट्री, ६५० किलोमिटर रेन्ज, मसाज सिट र इन–बिल्ट फ्रिजजस्ता सुविधा छन् ।
एक्स्पेङ जी६को मूल्य ८४.९९ लाख रुपैयाँ छ । यो प्रिमियम एसयूभीमा १९० किलोवाट मोटर, अटो पायलट, ५–स्टार सुरक्षा रेटिङ र नयाँ ब्याट्री सेफ्टी सिस्टमजस्ता विशेषता छन् ।
ग्राहकले सेन्टरमै गाडी बुकिङ र तत्काल डेलिभरी पाउनेछन् । साथै, टेस्ट ड्राइभ, विशेष अफर, उपहार र ईभी विशेषज्ञसँग परामर्श लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सीजी मोटर्सका अनुसार यो नयाँ केन्द्रले ग्राहक सेवा र आधुनिक प्रविधितर्फ कम्पनीको प्रतिबद्धता झल्काउँछ । कम्पनीले आगामी दिनमा यस्ता केन्द्रहरू थप खोल्ने र ईभी संस्कृतिको विकासमा योगदान गर्ने योजना जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया