बालेनविरुद्ध युवा संघले साइबर ब्युरोमा दियो उजुरी

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।

केही दिनअघि बालेनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसलाई लिएर युवा संघका नेताहरूले बिहीबार साइबर ब्युरोमा पुगेर उजुरी दिएका हुन् । संघका अनुसार बालेनको उक्त स्ट्याटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको आरोप लगाइएको छ ।

संघले बालेनमाथि विद्युतीय अपराध (इलेक्ट्रोनिक क्राइम) अन्तर्गत कारबाहीको माग गर्दै उजुरी दिएको हो ।

बालेनले केही दिनअघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्ट्याटस लेखेका थिए, जसलाई उनले केहीबेरमै हटाएका थिए । तर, हटाउनु अघि नै उक्त स्ट्याटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनको उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया र आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?