नेप्से २५९६ अंकमा झर्‍यो, कारोबार ५ अर्ब ४१ करोड पुग्यो

लोकपथ
42
Shares

काठमाडौं । बिहीबार शेयर बजारको परिसूचक नेप्से ११.२९ अंकले घटेर २५९६ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६०७ अंकमा रहेको थियो ।

बजार परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

आज ७७ कम्पनीको शेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो र ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखियो ।

बैंकिङ समूह ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ र व्यापार समूह ०.२१ प्रतिशतले घटे भने उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशतले वृद्धि भयो ।

दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको शेयर मूल्य आज १० प्रतिशतले बढ्यो । यी दुवै कम्पनी हालै सूचीकृत भई कारोबारमा आएका हुन् । दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० र माबिलुङको ४२२.७० रुपैयाँमा पुगेको छ ।

त्यसैगरी उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशतले बढ्यो ।

सम्पदा लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट देखिएको छ । त्यसपछि पिपुल्स पावरको ४.३७ र मोदी इनर्जीको ३.०७ प्रतिशतले मूल्य घट्यो ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर शीर्ष पाँच कम्पनीमा परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?