कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैन : बद्री अर्याल

लोकपथ
119
Shares

 काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री अर्यालले पार्टीका लागि तत्काल विशेष महाधिवेशन आवश्यक नरहेको बताएका छन् । 

काठमाडौंमा आयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन हालको अवस्थामा पार्टीका लागि ‘धोका’ हुने बताए ।

नेपाली कांग्रेसमा महाधिवेशन मितिलाई लिएर संस्थापन र इतर समूहबिच विवाद गहिरिँदै गएको छ।  जारी केन्द्रीय समिति बैठकमा दुवै पक्षले अलगअलग महाधिवेशन कार्य तालिका पेस गरेका छन् ।

नेता अर्यालका अनुसार, पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुनुको औचित्य स्पष्ट छैन । उनले भने, ‘विशेष महाधिवेशनले केन्द्रीय पंक्तिमा मात्र फेरबदल गर्ने भएकाले प्रदेश र स्थानीय तहमा  प्रभाव पर्छ। यसकारण, अहिले यो समय सान्दर्भिक छैन। नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन सरासर धोका हो ।’

कांग्रेस कार्यकर्ता विनोद तिम्सिनाले पनि केन्द्रीय नेतृत्व मात्र परिवर्तन हुने विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन नै उपयुक्त रहेको बताए । उनले भने, ‘नयाँ पुस्ताको नेतृत्वको प्रवेश सुनिश्चित गर्न नियमित महाधिवेशन आवश्यक छ। यसले मुलुक र पार्टी दुवैका लागि लाभदायी हुन्छ ।’

विशेष महाधिवेशनको प्रस्तावपछि पार्टीभित्र फेरि विचार र रणनीतिक विभाजन सतहमा आएको छ । कतिपय नेताहरूले यसलाई संस्थापन नेतृत्वमाथिको असन्तुष्टिको माध्यमका रूपमा हेरेका छन् भने केहीले नेतृत्व हस्तान्तरण र संगठन पुनः निर्माणको अवसरको रूपमा चित्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?