नेपाल एयरलाइन्सको पुनर्संरचना गरेर तत्कालै ५ वटा विमान थप्नुपर्ने व्यवसायी बस्नेतको धारणा

लोकपथ
581
Shares

रुपन्देही । पर्यटन व्यवसायी वीरेन्द्र बहादुर बस्नेतले देश विकासका लागि पर्यटन नै मुख्य उद्योग हुने भन्दै पर्यटक ल्याउन विशेष योजना बनाउनुपर्ने बताएका छन् । बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी बस्नेतले आगामी १० वर्षभित्र ५० लाख पर्यटकलाई नेपाल ल्याउन सकिने बताएका हुन् ।

बुद्ध एयरका सञ्चालकसमेत रहेका बस्नेतले नेपालको विकास गर्ने हो भने पहिले पर्यटन उद्योगलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । नेपालको पर्यटन विकास गर्न पहिले जहाजको उपलब्धता हुनुपर्ने बताए ।

व्यवसायी बस्नेतले नेपाल एयरलाइन्स नै देशको राष्ट्रिय ध्वजावाहक भएकाले नेपाल वायुसेवा निगमकै पुनर्संरचना गरेर नयाँ विमान थप्नुपर्ने बताए ।

उनले आगामी एक वर्षभित्र कम्तीमा ५ वटा एयरबस विमान थप गरी सञ्चालन गर्न सकिने र यसै वर्ष ५ लाख पर्यटक थप गर्न सकिने बताए । उनले यसबाट २ खर्बभन्दा बढीको जीडीपीमा योगदान योगदान हुने बताए ।

उनले एक वर्षमा ५ वटा विमान थप्न करिब २५ अर्ब रुपैयाँ भए पुग्ने भन्दै त्यसका लागि स्पष्ट योजना भए पुग्ने बताए ।

व्यवसायी बस्नेतले लिज फाइनान्सका माध्यमबाट १० प्रतिशत रकम मात्रै तिरेर जहाज ल्याउन सकिने र जहाज चलाएरै रकम तिर्न सकिने भन्दै त्यसका लागि पब्लिक प्राइभेट पार्टनरसिपमा अगाडि बढ्नुपर्ने बताए ।

राष्ट्रिय गतिशील पार्टीमा सक्रिय भएका व्यवसायी बस्नेतले आगामी १० वर्षमा ५० लाख पर्यटक नेपाल ल्याउन सक्ने भन्दै यो पार्टीको नीति नै भएको बताए । उनले जबसम्म पार्टी र देश नै उद्योग वा आर्थिक उपार्जनमा लाग्दैन, तबसम्म देशको विकास नहुने भन्दै नेपालका लागि पर्यटन पहिलो प्राथमिकताको उद्योग हुने बताए ।

१० वर्षमा ५० लाख पर्यटक ल्याउन सकिए थप ३० लाखले रोजगारी पाउने र राष्ट्रिय उत्पादनमा १२ खर्बको योगदान हुने भन्दै पार्टीको पहिलो प्राथमिकतामा नै पर्यटन उद्योग रहेको बताए ।

भैरहवा पुगेर पार्टीको योजना र नीतिबारे छलफल गराएका बस्नेतले भैरहवाबाटै एल एन्जलस र टोरन्टोसम्म सिधा उडान गर्न सकिने भन्दै त्यसका लागि स्पष्ट कार्य योजना आवश्यक रहेको बताए । आफ्नो पार्टीले नेतृत्व पाए वा योजना कार्यान्वयन गर्ने स्थानमा आएमा भैरहवाबाटै अन्तर्देशीय उडान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?