काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकी महिला काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भएकी ३५ वर्षीया कुमारी तामाङ हुन् । उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले युके पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ७२ हजार २ सय रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । अनुसन्धानका क्रममा ठगीको गरेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया