डा. भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहल, गृहमन्त्री अर्यालदेखि डीपी, सुमनासम्म सहभागी

लोकपथ
5.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहल भएको छ । नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो पहल भएको हो । 

वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि डा. भट्टराईले विभिन्न दलहरूका नेताहरूसँग छलफल थालेका छन् । 

जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको हो ।

आजको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमाओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठलगायत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?