काठमाडौं । हालै परेको बेमौसमी वर्षाले गुल्मी जिल्लामा ठूलो मात्रामा धानबाली नष्ट भएको छ । प्रारम्भिक विवरणअनुसार करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष गुल्मीमा सात हजार ९८८ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । सो क्षेत्रबाट करिब २२ हजार ९०९ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको भए पनि बेमौसमी वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, उक्त नोक्सानीलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यका आधारमा गणना गर्दा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।
जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने चौरासी फाँटमा मात्र ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत भन्दा बढी नोक्सान भएको छ । इस्मा गाउँपालिका–६ का किसान कृष्णप्रसाद घिमिरे र निराजन भण्डारीलगायतका किसानहरूको काटिसकेको धान पनि वर्षाले भिजाएर नोक्सान पुर्याएको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया