नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

लोकपथ
455
Shares

काठमाडौं । विभिन्न १० वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

बुधबार पार्टी एकता घोषणा गरेपछि नवगठित पार्टीले आज आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाएको हो ।

नवगठित पार्टीमा साविकका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी घटकहरू एकीकृत भएका छन् ।

पार्टीका अनुसार नयाँ दलको चुनाव चिन्ह ‘पाँचकुने तारा’ तोकिएको छ ।

दल दर्ता प्रक्रिया पूरा भएपछि पार्टीले केन्द्रीय समिति विस्तार र संगठन निर्माणका काम अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?