चन्द्रागिरी हिल्स शनिबारदेखि पुनः सञ्चालनमा आउने

लोकपथ
112
Shares

काठमाडौं । चन्द्रागिरी हिल्स आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । 

व्यवस्थापन समितिले यस अवधिमा दर्शक र पर्यटकहरूले देखाएको धैर्यता, माया र निरन्तर समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ । 

आगामी शनिबारदेखि फेरि खुल्ने चन्द्रागिरी हिल्समा पर्यटकहरूले मनोरम दृश्यावलोकन, रोपवेको अनुभव र विभिन्न आकर्षणको मजा लिन सक्नेछन् । 

व्यवस्थापन समितिले सुरक्षाको पूर्ण ध्यान राख्दै सबै आकर्षणहरू सञ्चालनमा ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?