जेनजी प्रदर्शनमा लुटिएको पेस्तोलसहित पक्राउ परे पठाओ राइडर

लोकपथ
497
Shares

काठमाडौं । जेनजी प्रदर्शनमा लुटपाट भएको हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बालाजुबाट पक्राउ गरिएको धमलाको डेराबाट इन्सास र सटगनसहित पेस्तोल बरामद भएको हो । प्रहरीका अनुसार आरोपी धमला पेसामा पठाओ चालक हुन् ।

प्रारम्भिक अनुसन्धानअनुसार सो हतियार भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा प्रहरीबाट लुटिएको थियो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?