माधव नेपाल भन्छन्– ‘पार्टीले आचरणबाट जनताको विश्वास जित्नुपर्छ’

लोकपथ
168
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताए । उनले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गरे । उनले   पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याए । उनले विगतको वामएकताको  प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि बताए । 

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए । उनले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?