काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पार्टीको एकता घोषणा गर्दै नेता देव गुरुङले नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस नयाँ दलमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा घटकहरू समावेश छन् । पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधव कुमार नेपाललाई नियुक्त गर्ने प्रस्ताव सभाबाट पारित भएको छ ।
पार्टीका नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए, जसलाई हलबाट अनुमोदन गरिएको हो ।
नयाँ पार्टीले अब आगामी राजनीतिक गतिविधि र गठबन्धन निर्माणतर्फ कदम चाल्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया