काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र देश दोहनलाई परिवर्तनको रूपमा व्याख्या गर्नु गलत भएको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ कार्यक्रममा बोल्दै उनले भदौ २३ गतेको हिंसा र २४ गतेको देश दोहन आन्दोलनलाई परिवर्तनको प्रतीकका रूपमा लिनु उचित नहुने धारणा व्यक्त गरे ।
ज्ञवालीले जेनजी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएकै कारण देश दोहनसम्म पुगेको बताए । उनका अनुसार आन्दोलनको नाममा भएको हिंसाले लोकतान्त्रिक अभ्यास र मुलुकको स्थायित्वलाई चुनौती दिएको छ ।
उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाहीको प्रक्रिया नजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएको प्रति गुनासो गरे ।
त्यस क्रममा ज्ञवालीले २०४६ सालयताका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया