जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्ने दलहरुको प्रवृत्ति अन्त्य गरिनुपर्छ : नेता पौडेल 

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको नेता प्रदीप पौडेलले दलहरुको गम्भीर त्रुटिको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन् । बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्‍याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताए । उनले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिए । 

उनले जेनजी पुस्ताले संवैधानिक आयोगहरुमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहिअनुरुप व्यवहार गर्न जरुरी रहेको पनि बताए । राजनीतिक दलहरुले संविधानअनुरुप व्यवहार नगरिरहेको आरोप पनि लगाए । उनले संविधानमा लेखिएका विषयमा नभई दलहरुको व्यवहारमै समस्या रहेको पनि बताए ।

उनले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न कांग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?