ग्लोबल आइएमई बैंक र नास-आईटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) का सदस्यहरूसँग डिजिटल बैंकिङ सेवा, कर्जा विस्तार र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रमा लक्षित कर्जा योजना, डिजिटल तथा नवीनतम बैंकिङ सेवाहरू, साथै बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरूबारे विस्तृत जानकारी दिएको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूहहरूलाई लक्षित गरी यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले बैंकले मुलुकभर वित्तीय साक्षरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि जानकारी दिए।

त्यसैगरी, बैंक र नास-आईटीबीचको सहकार्यलाई सुदृढ बनाउन कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकासका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ। ग्लोबल आइएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?