झलनाथ खनाल अन्ततः प्रचण्ड-माधव कित्तामा, सभामा सरिक

लोकपथ
4.5k
Shares

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल मिलेर बनेका नेपाली कम्युनिस्ट पार्टीमा जोडिने भएका छन् । पार्टी एकताबारे आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका खनाल अन्तिम समयमा एकीकृत पार्टीमा जोडिन राजी भएका हुन् । 

अहिले काठमाडौंको भृकुटीमण्डपमा एकता सभा जारी छ । खनाल पनि कार्यक्रममा सरिक हुन आइसकेका छन् ।  

मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ओलीकै निवास गुन्डुमा भेट्न गएका खनाल ओलीको व्यवहार र भनाइबाट ‘निराश’ बनेका थिए । नेपालका वामपन्थी दलहरूबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल हिजो मंगलबार बेलुकी एमाले अध्यक्ष ओलीलाई भेट्न जेनजी आन्दोलनपछि महेश बस्नेतले व्यवस्थापन गरेको गुण्डुस्थित निवासमा गएका थिए । खनालले त्यहाँ ओलीसँग जे–जे विषयमा कुरा उठाए, ओलीले कुनै पनि विषयमा ‘सकारात्मक’ जवाफ दिएनन् । त्यसपछि खनाल ओलीलाई धन्यवाद दिँदै फर्किएका थिए । 

आज भने खनाल प्रचण्डलाई भेट्न गएका थिए । प्रचण्डसँगको भेटपछि खनाल माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दल मिलेर बन्न लागेको नेपाली कम्युनिस्ट पार्टीमा आउन राजी भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?