काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समिति बैठकमा पेस गरेको महाधिवेशनको तालिका व्यक्तिगत भएको बताएका छन् । आज बुधबारको बैठकको सुरुवातमै खड्काले यादवले पेस गरेको तालिका व्यक्तिगत भएको जानकारी गराएका हुन् ।
सहमहामन्त्री यादवले मंगलबारको बैठकमा पेस गरेको कार्यतालिका संस्थापन पक्षको भनेर प्रचार भइरहेका बेला कार्यवाहक सभापति खड्काको यस्तो भनाइ आएको हो । यादवले आगामी बैशाख २७–३० गतेसम्म १५औँ महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
खड्काले भने, ’त्यो तालिकासहितको कुरा उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन ।’
यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री गगनकुमार थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेपछि यादवले अर्को तालिका पेस गरेका थिए ।
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ ।
मंगलबारको बैठकमा यादवले मंसिर २० गतेसम्म क्रियाशील र नवीकरण वितरणको मिति प्रस्ताव गरेका थिए । त्यस्तै पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण, चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन, ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २७–३० गतेसम्म १५औँ महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया