काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
साइबर ब्युरोका अनुसार साहले म्यासेन्जरमार्फत कुराकानी गर्ने क्रममा नाबालिकालाई ललाई-फकाई संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट लिएका थिए । ती अश्लील तस्बिर र भिडियो प्रयोग गरी फेक फेसबुक एकाउन्ट बनाएर सार्वजनिक गर्दै पीडितलाई धम्की र हैरानी दिई चरित्र हत्या गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया