हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँ : नेता श्रेष्ठ

लोकपथ
413
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा (एमाले) मा फर्किन तयार रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफूहरु कुनै सर्तबिना एमालेमा फर्किन तयार रहेको बताएका हुन् । उनले आफूहरूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टीमा पुनः फर्किन चाहेको स्पष्ट गरे ।

श्रेष्ठले भने, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गर्‍यो । अर्कातिर हाम्रा महासचिव र सम्मानित नेताहरू अर्को पार्टी पुनः गठनको तयारीमा हुनुहुन्छ । तर हामी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायत कसैसँग एकता वा समाहित होइन, आफ्नो मूल घर नेकपा (एमाले) मा फर्किने अभियानमा छौँ ।

उनका अनुसार एमालेसँग हाल वार्ता र संवादको प्रक्रिया चलिरहेको छ । उनले आफूहरु कुनै पदका लागि नभई निःशर्त पार्टीमा फर्किँदै गरेको बताए ।

श्रेष्ठले थपे, ‘हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?