तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

लोकपथ
259
Shares

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते खुसीमानको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?