‘जिरो पेमेन्ट’मै भियतनाम र बाली टुरको प्याकेज !

अहिले घुमेर पछि तिर्न मिल्ने भ्रमण अब १ लाख १५ हजारमा

लोकपथ
441
Shares

काठमाडौं । दक्षिण-पूर्वी एसियाका दुई लोकप्रिय पर्यटन गन्तव्य इन्डोनेसिया (बाली) वा भियतनामका लागि रुप्से होलिडेजले जिरो पेमेन्टमै आकर्षक भ्रमण प्याकेज सार्वजनिक गरेको छ । दुई आकर्षक गन्तव्य मध्ये भियतनामको दानाङ वा इन्डोनेसियाको बाली अब सुरुमा एक रुपैयाँ पनि नतिरी घुम्न सकिने भएको हो ।

काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले चार रात पाँच दिनको लागि यी दुवै देशका प्रमुख सहरहरूको भ्रमण गर्ने योजना ल्याएको हो । कम्पनीले यो प्याकेज प्रतिव्यक्ति मात्र १ लाख १४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको जनाएको छ । साथै तत्काल रकम नहुनेहरूले जिरो पेमेन्टमै घुमेर फर्किन मिल्ने र पछि किस्ताबन्दी रकम तिर्न सक्ने व्यवस्था समेत मिलाएको छ ।

यस योजनामा दुईतर्फी हवाई टिकट, एयरपोर्ट पिक अप तथा ड्रप, ब्रेकफास्टसहित तीन तारे होटेलमा बास, भिसा शुल्क, स्थानीय यातायात, गाइड तथा प्रवेश टिकटजस्ता सबै सेवा समावेश छन् ।

इन्डोनेसियाको बाली विश्वकै सबैभन्दा मनमोहक टापुहरूमा पर्दछ । हरियाली, समुद्री किनारा, हिन्दु-संस्कृतिको झल्को, प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरण खोज्नेका लागि बाली उत्कृष्ट विकल्प हो । रोमान्टिक वातावरणका कारण बाली हनिमुन डेस्टिनेसनका रूपमा पनि प्रसिद्ध छ ।

भियतनामको दानाङ भने आधुनिकता र प्राकृतिक सुन्दरता दुवैको मिश्रण भएको स्थान हो । सि बिच अर्थात् समुद्री किनारको मज्जा लिन चाहनेहरुका लागि दानाङ अझै उत्कृष्ट गन्तव्य हो । भियतनामको दानाङमा रहेको गोल्डन ब्रिज (विशाल हातले समातेको पुल), बाना हिल्स र समुद्र किनाराको शान्त वातावरण पर्यटकका लागि मुख्य आकर्षण हुन् । आधुनिक सहर, साहसिक गतिविधि र प्राकृतिक दृश्यको मिश्रण खोज्नेका लागि परिवार र साथीहरूसँग भियतनामको दानाङ पनि उत्कृष्ट गन्तव्य बन्ने गरेको छ ।

बाली भ्रमण : कहाँ घुम्ने के गर्ने ?

यदि तपाईँ बाली घुम्न खोज्दै हुनुहुन्छ भने इन्डोनेसियाको बालीका घुम्ने स्थानहरू बारे सामान्य जानकारी लिएरै जानु राम्रो हुनेछ । रुप्से होलिडेजले बाली टुरका लागि तयार पारेको आइटीनरी यस्तो छ :

भ्रमणको पहिलो दिन काठमाडौंबाट इन्डोनेसियाको नुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिनेछ । त्यसपछि होटेलमा चेक इन गरी पहिलो दिन होटेलमै बास बसिनेछ ।

दोस्रो दिन बिहानै होटेलमा ब्रेकफास्ट गरी बालीको राजधानी डेनपासरको बज्र सन्धि स्मारक, उबुद प्यालेस र स्थानीय बजार अवलोकन गरिनेछ ।

तेस्रो दिन प्रसिद्ध तनाह लोट र उल्लुवाटु मन्दिरको भ्रमण गरी साँझ जिम्बारन बेमा सि-फुड डिनरको मजा लिन सकिनेछ ।
चौथो दिनलाई रुप्सेले फ्री डे का रूपमा राखेको छ । उक्त दिन स्थानीय बजारमा सपिङ वा निजी घुमघाम गर्न सकिनेछ । पाँचौँ दिन बिहान ब्रेकफास्ट गरी काठमाडौं फर्किनेछ ।

दानाङ भ्रमण
यदि तपाईँ बाली नगई भियतनामको दानाङ जान चाहनुहुन्छ भने पहिलो दिन काठमाडौंबाट बिहानको उडानमार्फत दानाङसम्म पुगी अवतरण भएसँगै दानाङको भ्रमण सुरु हुनेछ । पहिलो दिन ट्रान्जिट उडानमार्फत दानाङ पुगिने भएकाले साँझ मात्रै दानाङ पुगी उक्त दिन दानाङकै होटेलमा बास बसिनेछ ।

दोस्रो दिन बिहानै होटेलमा ब्रेकफास्ट गरी विश्वकै प्रसिद्ध केबल कारको यात्राका रूपमा हेरिने बाना हिल्समा घुमघामका लागि गइनेछ । केबलकारको यात्रा सँगै जंगल, मो खोला र तोक टियन झरनाको सुन्दर दृश्यावलोकन गर्न गरिनेछ । सोही दिने जार्डिन डी अमोर फ्लावर गार्डेनको साथै गोल्डेन ब्रिजको अवलोकन हुनेछ । गोल्डेन ब्रिज दानाङको सिग्नेचर प्लेस पनि हो, जहाँ विशाल हातले पुल समातेको संरचना विश्वभर चर्चित छ । लिन्ह उंग प्यागोडा र चुवा माउन्टेनको शिखर, लिन्ह चुआ लिन्ह टु मन्दिर र फ्रेन्च स्क्वायर हेर्ने अवसर पनि त्यहाँ मिल्ने छ ।

तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरी सुरुमा लभ ब्रिज र दानाङका तीन प्रसिद्ध पुलहरू ड्रागन ब्रिज, हान ब्रिज र ट्रान थी लि ब्रिजको भ्रमण हुनेछ । त्यसपछि सन ट्रा पेनिन्सुलास्थित लिन्ह उंग बाइ बुत प्यागोडा, हान मार्केट र होई आन पुरानो सहर भ्रमण गराइनेछ । हान मार्केट यस्तो स्थान हो जहाँबाट ट्रेनको आवतजावत हुन्छ र मानिसहरु ट्रेन पास भएको आधा मिटरको दूरीबाट अवलोकन गर्ने गर्दछन् । यो मार्केटको बिचबाटै ट्रेन पास हुने भएकाले यो स्थान पनि घुमघाम र फोटो सेसनका लागि प्रसिद्ध स्थान हो ।

चौथो दिन पर्यटकहरूले आफ्नै इच्छा अनुसार सहरमा सपिङ वा स्थानीय भ्रमण गर्न सक्नेछन् । पाँचौँ दिन नेपाल फर्किने कार्यक्रम रहेको छ ।

भिसा प्रक्रिया
इन्डोनेसियामा पहिले नेपालीहरूलाई फ्री भिसा र अन अराइभल भिसा भएकामा अहिले त्यो सुविधा छैन । इन्डोनेसियाको भिसा लिनका लागि पहिले नै अनलाइन मार्फत रकम तिरेर ई भिसा लिनु पर्नेछ । भिसा लिनका लागि ३५–४५ को एउटा हालसालै खिचिएको फोटो हुनुपर्छ र फोटोमा चस्मा, टिका वा टोपी लगाएको हुनुहुँदैन । त्यसै गरी भिसा लिनका लागि कम्तीमा ६ महिनाको अवधि भएको एमआरपी पासपोर्ट आवश्यक हुन्छ भने कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट र कम्तीमा ३ लाख रुपैयाँको अन्तिम ब्यालेन्स रहेको हुनुपर्छ । भियतनामका लागि पनि ई-भिसा नै लिनुपर्छ र सोही प्रकृया पूरा गर्नुपर्छ ।

किस्ताबन्दीमा समेत जान सकिने
यी दुई देश भ्रमणमा जान चाहने तर तत्कालै पैसा नहुने सेवाग्राहीले किस्ताबन्दीमा समेत घुम्न सक्ने रुप्सेले जनाएको छ । सुरुमा भिसा बाहेक अन्य कुनै पनि शुल्क नतिरी किस्ताबन्दीमै घुम्न सकिने व्यवस्था रुप्सेले मिलाएको छ । त्यसका लागि आफूले काम गर्ने वा नियमित आम्दानी गर्ने कम्पनीबाट पत्र बनाई सोही पत्रका आधारमा मासिकरुपमा किस्ता तिर्ने गरी घुम्ने सुविधा उपलब्ध हुने रुप्सेले जनाएको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?