माओवादी, समाजवादीसहित ९ वाम घटकबिच आज एकता घोषणा हुँदै

लोकपथ
637
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबिच आज पार्टी एकता घोषणा हुँदैछ । भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा गरिने भएको हो ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिह्न पाँच कुने तारा तोक्ने सहमति भएको छ । साथै, एकता प्रक्रियामा सहभागी वाम घटकहरूले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेका छन् ।

सहमति अनुसार, एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाल रहनेछन् ।   पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिजवाद हुनेछ ।  

यस एकता प्रक्रियामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका नौ वाम घटक सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?