सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । सुर्खेत प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट कुल १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, नगद १ लाख १ हजार ३३० रुपैयाँ र अन्य सामग्री बरामद गरिएको हो ।

प्रहरीका अनुसार वीरेन्द्रनगर-५ का २८ वर्षीय हिमाल आलेलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको होटलको शौचालयको भेन्टिलेसनमा लुकाइएको ११ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा सोही घटनामा संलग्न वीरेन्द्रनगर-४ मुलपानीका २६ वर्षीय सरोज ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

त्यसैगरी, वीरेन्द्रनगर-१ मा गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा ४७ वर्षीय म. गुरुङ पक्राउ परेका छन् । उनको शरीर खानतलासी गर्दा ३.१८६० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाबाट ब्राउनसुगरसँगै नेपाली नोट १ लाख १ हजार ३३० रुपैयाँ, दुई थान कैँची र एक थान प्लास्टिकको टुक्रासमेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?