बैशाख २७–३० मा नियमित महाधिवेशन गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

लोकपथ
238
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी बैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

पार्टीको मंगलबार जारी केन्द्रीय समिति बैठकमा संस्थापन समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले सो प्रस्ताव गरेका हुन् । 

यसअघि, बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

दुवै कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेर निर्णय गराउने संस्थापन पक्षको तयारी छ ।

केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बहुमत छ । त्यसैले महामन्त्री थापाले पेस गर्ने कार्यतालिका पारित हुने सम्भावना न्यून छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?