महामन्त्री थापाद्वारा पुस १६ देखि १९ सम्म गर्नेगरी महाधिवेशन कार्यतालिका प्रस्ताव

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले आज बसेको केन्द्रीय समिति बैठकमा पुस १६ देखि १९ सम्म गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् । पार्टी कार्यालय सानेपामा बैठक जारी छ । 

महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्मका लागि यसअघि प्रस्तुत गरेको कार्यतालिका नै प्रस्ताव गरेका हुन् । 

आजको बैठकमा संंस्थापन पक्षबाट पनि महाधिवेशनका कार्यतालिका प्रस्तुत गर्ने तयारी छ । संस्थापन पक्षले त्यसको प्रत्युत्तरमा सहमहामन्त्री महेन्द्र राय यादवमार्फत छुट्टै कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको छ । उनले वैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका प्रस्ताव गर्ने तयारी भइरहेको छ । दुवै कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेर निर्णय गराउने संस्थापन पक्षको तयारी छ ।

केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बहुमत छ । त्यसैले महामन्त्री थापाले पेस गर्ने कार्यतालिका पारित हुने सम्भावना न्यून छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?