माओवादी बैठकबाट पार्टी एकतासम्बन्धी एजेन्डा पारित, जनार्दनको छुट्टै तयारी

लोकपथ
301
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ । 

प्रज्ञा भवन कमलादीमा आज मंगलबार बसेको बैठकले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको हो । बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको हो । 

बैठकमा जनार्दन शर्मा र राम कार्की भने अनुपस्थित थिए  ।

असोजको ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर माओवादी, नेकपा एकीकृत समाजवादी सहित ८ वटा वामपन्थी घटकसँग एकता गर्ने घोषणा गरेपछि उनीहरू असन्तुष्ट देखिएका थिए ।

विगत चार वर्षदेखि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस गर्दै आएका शर्माले विशेष महाधिवेशन टार्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेको आरोप लगाएका छन् । बैठकमा सहभागी नभएका शर्मा समूहले ललितपुरमा छुट्टै पत्रकार सम्मेलन गरी ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?