विद्यादेवी भण्डारीले लिइन् प्रतिलिपी नागरिकता

लोकपथ
203
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन, २४ भदौमा उनका निवासमा भएको तोडफोड र आगजनीमा उनका नागरिकता प्रमाणपत्र जलेको थियो । त्यसपछि नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिने प्रक्रिया अघि बढाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो उपस्थित भइ पूर्वराष्ट्रपति भण्डारीले आफ्नो प्रतिलिपी नागरिकता प्राप्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?