माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन बैठक सुरु

लोकपथ
168
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्को ) राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौंमा सुरु भएको छ । बैठक मुख्य रूपमा नेकपा (एकीकृत समाजवादी) लगायत अन्य दलसँगको एकता अनुमोदनका लागि बोलाइएको हो ।

बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ । महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित आठ दलले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्ने दलहरूमा दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्ण जीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?