काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं परिसरका एसएसपी रमेश थापाले अदालतका तर्फबाट जाहेरी आएकाले अनुसन्धान अघि बढाइएको बताए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । साथै महत्वपूर्ण कागजातहरू पनि जलेर नष्ट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया