पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोहीको मृत्यु 

लोकपथ
413
Shares

काठमाडौं । गोरखाको चुमनुब्री–१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोहीको मृत्यु भएको छ । कात्तिक १३ गतेबाट सम्पर्कविहीन उनीहरूलाई मृत फेला पारिएको हो । 

मृत्यु हुनेमा इटालियन नागरिक ५१ वर्षीय फार्नातो स्तेफानो र २८ वर्षीय कापुतो आलेस्सान्द्रो छन् । 

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले कात्तिक १ गते पिक आरोहणका लागि पुगेका उनीहरू मंगलबारदेखि भएको हिमपातपछि पिकमा फसेको बताए । उनले हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको र मंगलबार उद्धार गरेर सामागाउँको हेलिप्याडमा ल्याइएको श्रेष्ठले बताए । 

चुमनुब्री –१ पाङबोचेस्थित ताजुङ भन्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए । एक इटालियनसहित ४ नेपालीको भने आइतबार उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?