जेनजी आन्दोलनमा जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले गरे आत्मसमर्पण

लोकपथ
1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भक्तपुरको जगाती प्रहरी चौकीमा आगजनी गर्ने आठ जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमा काभ्रेको भुम्लु–३ का रामशरण परियार, बनेपा-४ का रुपक परियार, सर्लाही लबन्दी-६ का होमबहादुर खत्री, काभ्रे नमोबुद्ध–१ का अमृत सुनुवार र महोत्तरी सोनाम-८ का प्रालद कुमार ठाकुर रहेका छन् ।

यस्तै, भक्तपुर नगरपालिका-८ का राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने १६ वर्षीय सरोज बम्जन र काभ्रे नमोबुद्ध-६ का विकास तामाङले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?