होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा गोली चल्यो, सुरक्षा गार्ड घाइते 

लोकपथ
707
Shares

काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यराति गोली चल्दा एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, राति दुई समूहबीच झगडा हुँदा गोली चलेको हो । 

प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिबीच वादविवाद चलिरहेको थियो । त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए । 

त्यस क्रममा गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीय मीनबहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–१५ का बासिन्दा परियारको तिघ्रामा गोली लागेको छ । 

घाइते परियारलाई राति नै उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुर्‍याइएकोमा उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?