जापानमा बढ्यो भालु आतंक

लोकपथ
266
Shares

काठमाडौं । जापानको अकिता प्रान्तमा भएको छुट्टाछुट्टै भालु आक्रमणमा दुई जना घाइते छन् । पछिल्ला दिनहरुमा यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्र रूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।

अकिता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उनको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५ः३० मा आक्रमण गरेको तथा घटनास्थलमा दुईवटा भालु देखिएको प्रहरीले जनाएको छ ।

पीडित घाइतेलाई उपचारका लागि अस्पताल लगिएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

दाइसेन शहरमा, आइतबार बिहान भएको आक्रमणमा एक व्यक्ति घाइते भएको तथा घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

नोभेम्बरको सुरुमा अकितामा भालुसम्बन्धी घटनामा तीन जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

प्रान्तीय सरकारले उक्त क्षेत्रका लागि चेतावनी जारी गर्दै बासिन्दाहरूलाई सतर्क रहन र भालु देखा पर्न सक्ने पाहाडी क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?