दोलखा हिमपहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

लोकपथ
3.3k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । दोलखामा हिम पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये ५जना विदेशी र २ जना नेपाली रहेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गत कार्तिक ११ गते दोलखा जिल्लामा पर्ने गौरीशंकर गाउँ पालिका–९ मा रहेको यलुङरि गो हिमाल (५६३० मिटर) आरोहणको लागि १२ जनाको टोली त्यसतर्फ गएको थियो ।

जसमा नेपाली र विदेशी दुवै रहेका थिए । त्यसमध्ये ५ जना विदेशी र २ जना नेपालीको हिम पहिरोमा परी मृत्यु भएको र ५ जना घाइते भएको डीएसपी थापाले बताए ।

साथै अन्य व्यक्तिहरु समेत त्यसतर्फ गएको हुनसक्ने हुनाले घाइते र मृतकको अझै एकिन भइसकेको छैन ।

सोमबार साँझ उद्दारका लागि तीन वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी .५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ परिचालन भएको उनले बताए ।

यो पनि…

दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु, आठ जना बेपत्ता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?