दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु, आठ जना बेपत्ता 

लोकपथ
413
Shares
सांकेतिक फाइल तस्बिर

दोलखा । हिमपहिरोमा  परी  दोलखाको  गौरीशंकर–९ को ना गाउँ  र एलुङ रि क्षेत्रमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यस्तै, आठ जना जान पर्यटक बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा एक जना नेपाली र दुई जना विदेशी रहेको अपुष्ट समाचार प्राप्त भएको छ । 

सोमबार बिहान ९ बजे ना गाउँबाट ६ हजार ३ सय ३३ मिटर अग्लो डोल्मा थाङ  हिँडेका १५ जनामध्ये बिहान साढे १० बजे हिमपहिरोमा परी तीन जनाको मृत्यु र आठ जना बेपत्ता भएको दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए । उनले चार जना मात्रै सम्पर्कमा आएको बताए । 

५ हजार ६ सय मिटर उचाइमा रहेको एलोङ रि माउन्टेन क्षेत्र आसपास हिमपहिरो गएको ना गाउँका स्थानीय जोसेफ फुर्वा शेर्पाले बताए । 

घटनास्थल लामाबगरबाट ८ घण्टाको पैदल दूरीमा पर्छ । सो ठाउँमा हेलिकोप्टर जानसक्ने पनि अवस्था नरहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?