काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताए ।
पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेनजी आन्दोलन भएको उनको भनाई छ । उनले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताए । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको भन्दै उनले सरकारले वातासंवाद गर्ने अवसर नै नपाएको दाबी गरे ।
‘हाम्रा नवयुवाहरुलाइै जेनजीको नाममा जसरी संगठित गर्ने प्रयत्न गरियो, त्यो हाम्रो परम्परा होईन । पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि डिप स्टेटको अवधारणा अन्तर्गत विश्वप्यापी रुपमा डिप स्टेटको प्लान अन्तर्गत कलर रिभोलुसन गर्ने प्रयोजनको लागी नयाँ पुस्तालाई तिमी आम मानिसभन्दा फरक छौँ भन्ने प्रकारको एउटा नियोजित मनोविज्ञान तयार गर्ने काम गरियो र जेनजीका नाममा तिमीहरु पुराना पुस्ताभन्दा फरक फरक हौँ, भिन्न हौँ, तिमीहरुको मनोविज्ञान भिन्न छ, पुरानो पुस्ताले तिमीहरुको मनोविज्ञान बुझ्न सक्दैन भन्ने भाष्य निर्माण गरिकन नयाँ पुस्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने खालको रणतिनितिको प्रयोग गरियो । जसका कारण नेपाल अहिले असामान्य अवस्थातर्फ प्रवेश गरेको छ । खासगरी जेनजीका नाममा नवयुवाहरुले अगाडी सारेका मागहरु कुनै अनुचित मागहरु थिएन । मुलुकमा भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्दछ र सामाजिक सञ्जालको निवार्द प्रयोग गर्न पाउनुपर्छ भन्ने उनीहरुको माग जायज हो र त्यो अनुचित हो भन्ने हामी ठान्दैनौँ । त्यो सरकारले पूरा गर्न नसक्ने पनि होइन । तर तपाई,हामीले के बुझ्नुपर्छ भने उनीहरुले राखेका मागहरु सरकारसमक्ष प्रश्तुत नै भएन । कसले यो आन्दोलनको नेतृत्व गरिरहेका छ भन्ने पूर्ववर्ती सरकारलाई जानकारी समेत रहेन । त्यस अर्थमा जानकारी हुने विषय पनि भएन । जानकारी नै छैन भने संवादको विषय पनि भएन ।’
उनले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको स्वीकार गरे ।
नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गरे । सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उनको भनाई ।
उनले भने, ‘हाम्रा युवाहरु सुचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ की उनीहरु सुचना प्रविधि विना बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोबाइल छाड्न नसक्ने तहमा भएका युवाहरुलाई गलत तत्वहरुले भड्काउने कुरामा सफलता हासिल गरे । सरकारको तर्फबाट भएको कमी के हो भने हाम्रा युवाहरुको सूचनाप्रविधिप्रतिको लगाव, आशक्ति लत कुन तहमा छ भन्ने उसले बुझ्न नसक्दा त्यसलाई गतल तत्वहरुले प्रयोग गर्न पाए ।’
पुँजीवादी शक्तिहरुले युवाहरुलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया