काठमाडौं । गृहमन्त्रीले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजी आवास रहेको बोहोराटार निरीक्षण गरेका छन् ।
क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमबार बोहोराटार पुगेका हुन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी भएको थियो ।
यसैगरी गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया