रौतहटमा चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–८ नजिक चोरीको शंकास्पद मोटरसाइकल बिक्री गर्न खोज्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनिगाहपुर-८ का ३४ वर्षीय रामलाल पासवान र कटहरिया-५ का ४९ वर्षीय परमानन्द महतो रहेका छन्।

विशेषसूचना को आधार प्रहरीले उनीहरुलाई मधेस प्रदेश ०५-००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरको मोटरसाइकलसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?